By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > अर्थतन्त्र > ओमप्रकाश अर्याल फेरि गृहमन्त्री !

ओमप्रकाश अर्याल फेरि गृहमन्त्री !

संवाददाता
संवाददाता
२ चैत्र २०८२, सोमबार १६:०४

काठमाडौं। हालको अन्तरिम सरकारले बहालवाला गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाको सदस्यको रुपमा मनोनयन गर्नको लागि सिफारिस गरेको छ।

मन्त्रिपरिषदको सिफारिसमा नियुक्त हुने ३ जना राष्ट्रिय सभा सदस्यमध्ये एक पद रिक्त भएको अवस्थामा सरकारले अर्याललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको हो।

नयाँ सरकार गठन हुनै लागेको र यो सिफरिस केही दिन पर्खेर नयाँ सरकारकै जिम्मामा छोड्न मिल्ने अवस्था हुँदाहुँदै पनि अन्तरिम मन्त्रिपरिषदले अर्याललाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेसँगै यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अर्याललाई नयाँ सरकारले गृहमन्त्रीकै रुपमा निरन्तरता दिन चाहेकोले अर्याललाई संघीय संसदको सदस्य बनाउन लागिएको अनुमान गरिएको छ।

प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याइसकेको छ र अब रास्वपाकै नेतृत्वमा सरकार बन्ने लगभग निश्चित भइसकेको छ।

रास्वपाले आफ्ना बरिष्ठ नेता बालेन्दै शाहलाई प्रधानमन्त्री बनाउने भनेर चुनाबअघि नै घोषणा गरेको थियो। सोहीअनुसार उनलाई संसदीय दलको नेता निर्वाचित गर्न पार्टीले आफ्नो विधान संशोधन गर्ने तयारीसमेत गरिसकेको छ।

बालेन नेतृत्वको सरकारमा उपप्रधानमन्त्री र गृहमन्त्री पार्टीका सभापति रवि लामिछानेलाई बनाइन सक्ने पूर्वानुमान गरिएको भए पनि अहिलेकै अवस्थामा लामिछाने सरकारमा जान कठिन छ।

उनीविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधीवक्ताले निर्णय गरिसकेको भए पनि त्यसविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्चले यी दुई अभियोग फिर्ता लिन अनुमति दिए पनि उनीविरुद्ध सहकारी ठगीको मुद्दा भने कायमै छ।

सहकारी ठगी मुद्दा पनि फौजदारी अभियोग नै भएकोले यो अभियोगबाट सफाइ नपाउँदासम्म लामिछानेको सांसद पद निलम्बित रहन्छ। उनीविरुद्ध धेरै जिल्ला अदालतहरुमा मुद्दा चलाइएकोले मुद्दा चलिरहेका सबै जिल्ला अदालतहरुले सफाइ नदिँदासम्म उनी निलम्बित नै रहन्छन्। र, सबै अदालतबाट सफाइ पाउन पनि निश्चित समय लाग्छ। यस्तोमा पार्टी उपसभापति डोलप्रसाद अर्याललाई गृहमन्त्री बनाइने चर्चा पनि छ।

तर, चुनाब जितेलगत्तै डिपी अर्यालले दिएको एउटा अभिव्यक्तिले उनी गृहमन्त्री बन्नेमा आशंका गरिएको छ। त्यतिबेला पत्रकारले पार्टीका बरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने पूर्वसहमतिका बारेमा सोध्दा डीपीले आफूलाई यो सहमतिबारे जानकारी नभएको बताएका थिए।

पार्टीले चुनाबी अभियानमै ‘अब की बार बालेन सरकार’ नारा लिएर प्रचारप्रसार गरेको भए पनि डीपीले आफूलाई थाहा छैन भनेपछि उनीसँग बालेन चिढिएको स्रोत बताउँछ।

रवि मुद्दाका कारण गृहमन्त्री बन्न नपाउने र डीपीसँग बालेन असन्तुष्ट भएको पृष्ठभूमिमा ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाउन बालेन इच्छुक भएको स्रोत बताउँछ।

अन्तरिम सरकारमा गृहमन्त्री भएर सफलतापूर्वक निर्वाचन सम्पन्न गराएका अर्यालको काम पनि सराहनीय देखिएकोले उनलाई गृहमन्त्री बनाएर अगाडि बढ्न सहज हुने बालेनको बुझाइ भएको बताइन्छ। उनीसँग बालेनको सम्बन्ध पनि नजिकको छ। बालेन काठमाडौं महानगरको नगरप्रमुख हुँदा ओमप्रकाश अर्याल उनका कानुनी सल्लाहकार थिए।

यो पनि पढ्नुहोस्

अवैध उत्खननमा संलग्न ८ ट्रयाक्टर पक्राउ

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

नक्कली नोटसहित रौतहटमा दुई युवक पक्राउ

झाझ पुल नजिक मोटरसाइकल दुर्घटना, श्रीमान श्रीमतीको ज्यान गयो

त्रिशूली नदीमा डेढ वर्षअघि हराएको ‘गणपति डिलक्स’ बस फेला

थप समाचार

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?