By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-1 > गौरमा अटो र इभी सञ्चालनमा कडाइ

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

संवाददाता
संवाददाता
७ बैशाख २०८३, सोमबार १५:२४

रौतहट // रौतहटको गौर नगरपालिका मा अटो तथा इभी (विद्युतीय सवारी) सञ्चालनलाई लिएर विवाद चर्किएको छ । जथाभावी रूपमा यात्रु ओसारपसार भइरहेको भन्दै नगरपालिकाले कडाइ गर्न थालेपछि अटो व्यवसायी र इभी चालकहरू विरोधमा उत्रिएका हुन् ।

सोमबार दिउँसो अटो व्यवसायी संघमा आबद्ध चालकहरूले नगरप्रमुख शम्भु साहसमक्ष आफ्ना गुनासा राखेका थिए । तर मागप्रति सुनुवाइ नभएको आरोप लगाउँदै व्यवसायीहरू आक्रोशित बनेका छन् । समस्या समाधान नभए गौर–चन्द्रपुर सडक खण्ड अवरुद्ध गर्ने चेतावनी समेत दिएका छन् ।

इभी चालक राहुल झाले आफूहरू नगरपालिकालाई कर तिरेरै सवारी सञ्चालन गर्दै आएको दाबी गर्दै आफ्नो आम्दानीमाथि हस्तक्षेप गरिएको गुनासो गरे। अटो व्यवसायी संघका अध्यक्ष सुरेन्द्र साहले यात्रुहरू विभिन्न स्थानका हुने भएकाले सेवा विस्तार आवश्यक रहेको र बिरामी बोक्न समेत रोक लगाइनु अन्यायपूर्ण भएको बताए।

उता नगरप्रमुख शम्भु साहले अव्यवस्थित अटो सञ्चालनका कारण अन्य यातायात व्यवसायी विशेषगरी बस र म्याजिक प्रभावित भएको बताएका छन् । उनका अनुसार पूर्व सहमतिअनुसार गौरभित्र सीमित अटो सञ्चालन गर्नुपर्ने र अन्य रुटका सवारी बसपार्कबाट मात्र चल्नुपर्ने व्यवस्था भए पनि त्यसको उल्लंघन भइरहेपछि नगरपालिकाले नियमन कडा पारेको हो।

गौर–चन्द्रपुर सडक खण्डमा तीनपांग्रे अटो सञ्चालनमा रोक लगाइए पनि नियम उल्लंघन गर्दै ग्रामीण यात्रु ओसार्ने क्रम नरोकिँदा बस व्यवसायीहरू समस्यामा परेको नगरपालिकाको दाबी छ।

यो पनि पढ्नुहोस्

नक्कली नोटसहित रौतहटमा दुई युवक पक्राउ

रौतहटमा इपेन्सन सेवा सुरु, मधेसमै पहिलो कार्यान्वयन

ओलीप्रति समवेदना व्यक्त गर्न गुण्डु पुगे उपराष्ट्रपति यादव

रातिको हावाहुरीले किसान पीडित

गौरस्थित प्रादेशिक अस्पतालमा कर्मचारी आवास भवनको शिलान्यास

थप समाचार

तराई क्षेत्रमा तातो लहर

८ बैशाख २०८३, मंगलवार १५:११

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?