By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-1 > गौरस्थित प्रादेशिक अस्पतालमा कर्मचारी आवास भवनको शिलान्यास

गौरस्थित प्रादेशिक अस्पतालमा कर्मचारी आवास भवनको शिलान्यास

संवाददाता
संवाददाता
१ चैत्र २०८२, आईतवार १०:०५
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:0.0000,0.0000; brp_del_sen:0.0000,0.0000; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;

दिलिप पाण्डे रौतहट । रौतहटको प्रादेशिक अस्पताल गौर परिसरमा कर्मचारी आवास भवन निर्माण कार्यको शिलान्यास गरिएको छ ।
शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्य तथा जंगीलाल रायको विशेष उपस्थितिमा भवनको शिलान्यास गरिएको हो ।
मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको समन्वयमा अस्पताल परिसरमै सुपरिन्टेन्डेन्ट (प्रशासनिक) तथा कर्मचारी आवासका लागि भवन निर्माण सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
निर्माण कार्य PHR/NCB/W/01/2082/083 नम्बरको ठेक्का अन्तर्गत ४७ लाख ९८ हजार ५ सय ७३ रुपैयाँ २६ पैसाको लागतमा हुने भएको छ। उक्त निर्माण कार्यका लागि यहि फागुन २९ गते सम्झौता गरिएको छ भने २०८३ असार १० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भवन निर्माणको जिम्मेवारी राष्ट्र निर्माण सेवाले पाएको छ ।
अस्पताल परिसरमै कर्मचारी आवास भवन निर्माण भएपछि प्रशासनिक कामकाजलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने र स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको आवास व्यवस्थामा समेत सहजता आउने विश्वास गरिएको छ । कार्यक्रममा अस्पतालका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

दुई छोराछोरीसहित महिला बेपत्ता भएको आशंका

र्‍यालीसहित मनाइयो विश्व क्षयरोग दिवस

निर्मला पन्त हत्या काण्डको नियति नदोहोरिओस् !

रौतहटमा स्यालको आक्रमण, ५ जना घाइते

त्रिशूली नदीमा डेढ वर्षअघि हराएको ‘गणपति डिलक्स’ बस फेला

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?