By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > मनोरन्जन > कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

संवाददाता
संवाददाता
२७ चैत्र २०८२, शुक्रबार १७:४२

काठमाडौं । २०८२ साल नेपाली संगीतका लागि बहुआयामिक परिवर्तनको समय बन्यो । यसवर्ष नयाँ गीत र ट्रेन्डको मात्र कथा होइन, संगीतले समाज, प्रविधि, राजनीति र भावनासँग गहिरो सम्बन्ध जोडेको वर्षका रूपमा पनि सम्झिनुपर्ने हुन्छ ।

यस वर्ष केही संगीत सर्जकलाई गुमाउनुपर्‍यो । चर्चित गायक प्रशान्त तामाङको निधनले संगीत क्षेत्र शोकमा डुब्यो । एक समय ‘इन्डियन आइडल’ जितेर नेपाली संगीतलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएका तामाङको योगदानलाई सम्झिँदै कलाकार र श्रोताले श्रद्धाञ्जली दिए । उनको निधनले एउटा पुस्ताको सांगीतिक स्मृतिलाई झस्काएको अनुभव धेरैले व्यक्त गरे ।

यता, नयाँ पुस्ताको उदय पनि उत्तिकै बलियो देखियो । ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापाले जितिन् । रियालिटी शोमार्फत आउने नयाँ प्रतिभाले नेपाली संगीतमा निरन्तर ऊर्जा थपिरहेको संकेत यसले दिएको छ । यस्ता प्लेटफर्मले नयाँ गायकलाई पहिचान दिलाउने प्रमुख माध्यमका रूपमा आफ्नो स्थान अझै बलियो बनाएका छन् ।

यस वर्ष संगीत र राजनीतिबीचको सम्बन्ध घनिष्ट देखियो । अन्डरग्राउन्ड र्‍यापबाट करिअर सुरु गरेका बालेन शाह प्रधानमन्त्री बन्नु नेपाली संगीतकै इतिहासमा नयाँ मोडजस्तै हो । झापा-५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी सत्ता नेतृत्वमा पुगे ।बालेनको यात्रा राजनीतिक सफलता मात्र होइन, हिपहप जस्तो वैकल्पिक सांगीतिक धारले समाजमा कति गहिरो प्रभाव पारेको छ भन्ने प्रमाण पनि हो । उनको गीत ‘जय महाकाली’ले युट्युबमा २४ घण्टाभित्र सबैभन्दा धेरै हेरिएको नेपाली गीतको रेकर्ड बनाउनु यसैको अर्को संकेत हो ।

डीजेइङबाट करिअर थालेका सुधन गुरुङ गृहमन्त्री बन्नु पनि संगीत पृष्ठभूमिका व्यक्तिहरू राज्यको नेतृत्वमा पुग्न थालेको उदाहरण हो ।

तर, सबै संगीतकर्मीको राजनीतिक यात्रा भने सफल भएन । गायक प्रकाश सपुतले राजनीतिमा डेब्यू गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सूचीमा छनोट हुन सकेनन् । त्यसपछि उनी पुनः संगीतमै फर्किएका छन् । यसले संगीत र राजनीतिबीचको सम्बन्ध सम्भावनासँगै चुनौतीपूर्ण पनि रहेको देखाउँछ ।

डिजिटल प्लाटफर्मतर्फ, सामाजिक सञ्जाल नेपाली संगीतको सबैभन्दा ठूलो मञ्च बनेको छ । टिकटक, इन्स्टाग्राम र युट्युबले गीत बनाउने र सुन्ने दुवै तरिका बदलिदिएका छन् । अहिले गीतको सफलता ‘भ्यूज’, ‘रिल’ र ‘ट्रेन्ड’ले तय गर्न थालेको छ ।

यसवर्ष, युट्युबले ट्रेन्डिङ पृष्ठ हटाउनु एउटा महत्वपूर्ण मोड बन्यो । पहिले ट्रेन्डिङमा पर्नु नै गीतको सफलताको मुख्य सूचक थियो । अहिले त्यो हटेपछि कलाकार टिकटक र रिल्सतिर झन् केन्द्रित हुन थालेका छन् ।

यसले संगीतको स्वरूपमै परिवर्तन ल्याएको छ । अब गीत बनाउँदा सुरुवातमै ध्यान खिच्ने, छोटो क्लिपमै लोकप्रिय हुने ढाँचामा जोड दिन थालिएको छ । एआईको प्रवेशले यो परिवर्तनलाई तीव्र बनाएको छ । एआईबाट बनेका गीत सामाजिक सञ्जालमा देखिन थालेका छन् । कतिपय अवस्थामा श्रोता वास्तविक र कृत्रिम स्वर छुट्याउनै गाह्रो हुने अवस्था छ ।

यसले संगीत उत्पादन सजिलो बनाएको छ, तर सँगै मौलिकता, कपिराइट र अधिकारबारे गम्भीर प्रश्न पनि उठाएको छ । नेपालमा यसबारे स्पष्ट नीति नहुँदा आगामी दिनमा यो बहस अझ चर्किने संकेत देखिन्छ ।

यता, पुराना पुस्ताका ब्यान्डको पुनरागमनले अर्को रोचक सन्तुलन देखाएको छ । ९० को दशकका चर्चित कन्दरा, नेपथ्य र मंगोलियन हार्ट जस्ता ब्यान्डहरू पुनः सक्रिय भएका छन् । यी ब्यान्ड अहिले देश तथा विदेशका टूरमा व्यस्त छन् ।

यसले देखाउँछ, डिजिटल युगमा नयाँ ट्रेन्ड बढे पनि पुराना गीत र ब्यान्डप्रति दर्शकको आकर्षण अझै कायम छ । प्रत्यक्ष कन्सर्ट र लाइभ प्रस्तुति अझै संगीतको महत्वपूर्ण पक्ष बनेका छन् । डायस्पोरामा हुने कार्यक्रमले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय बजार पनि दिएको छ । अमेरिका, युरोप लगायतका स्थानमा हुने कन्सर्टले कलाकारलाई नयाँ दर्शक समूहसँग जोडिरहेको छ ।

समग्रमा हेर्दा, वर्ष २०८२ नेपाली संगीतका लागि संक्रमणको समय जस्तै देखिन्छ । एकातिर नयाँ पुस्ता, डिजिटल प्लेटफर्म र एआईले संगीतलाई नयाँ दिशामा लैजाँदै छन् । अर्कोतिर पुराना ब्यान्ड, लाइभ संगीत र सांस्कृतिक जराले यसको आधार बलियो बनाइरहेका छन् ।

यो वर्षले एउटा स्पष्ट संकेत दिएको छ- नेपाली संगीत अब गीतमा मात्र सीमित छैन । यो समाज, राजनीति, प्रविधि र पहिचानसँग जोडिएको व्यापक क्षेत्र बनेको छ । अब प्रश्न यही हो, यो विस्तारसँगै नेपाली संगीतले आफ्नो मौलिकता र गहिराइ कसरी जोगाउने ?

उत्तर भने आगामी यात्राले दिनेछ ।

यो पनि पढ्नुहोस्

‘मिर्जापुर: द फिल्म’ मा स्वीटीको पुनरागमन, श्रिया पिलगाउँकरले सुरु गरिन् सुटिङ

बलिउड अभिनेत्री सन्नी लियोनी आज नेपाल आउने

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

रहिनन् बलिउड अभिनेत्री मधु मल्होत्रा

आइबिए विद्यालयको ‘डान्स बेबी कम्पिटिसन’ सम्पन्न, माहिपाल गुप्ता प्रथम

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?