काठमाडौँ । चर्चित लोक दोहोरी गायक खेम सेञ्चुरी र गायिका सपना रोकाको स्वर रहेको गीत ‘कति राम्री’ सार्वजनिक भएको छ । रमेश परियारको शब्द र नवीन परियारको संगीत रहेको गीत डान्सिङ र रोमान्टिक शैलीमा तयार भएको छ ।
म्युजिक भिडियोमा पल शाह र मोडल सदृना ठकुरीको अभिनय देख्न सकिन्छ । गीतमा एउटी राम्री युवती र उनलाई पछ्याउने युवाको कथालाई साङ्गीतिक रूपमा प्रस्तुत गरिएको छ । भिडियोमा पल शाह र सदृना ठकुरीको जोडीलाई निकै आकर्षक ढंगले देखाइएको छ ।

मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा छायांकन बुद्ध थापा, सम्पादन मनोज कार्कीको रहेको छ ।
