रौतहट । आइबिए विद्यालयको आयोजनामा बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित “डान्स बेबी कम्पिटिसन” कार्यक्रम आज शनिबार उत्साहका साथ सम्पन्न भएको छ । विद्यालय परिसरमा सम्पन्न उक्त प्रतियोगितामा साना बालबालिकाहरूले विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा देखाएका थिए ।
कार्यक्रममा सहभागी बालबालिकाहरूले नेपाली तथा हिन्दी गीतमा नृत्य प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुति हेर्न विद्यालयका शिक्षक शिक्षिका, अभिभावक तथा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साना बालबालिकाको आत्मविश्वास र उत्साहपूर्ण प्रस्तुतीले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै माहिपाल गुप्ता प्रथम भएका छिन । त्यसैगरी संजना पास्वान द्वितीय र सिवानी साह तृतीय स्थान हासिल गर्न सफल भएका छन् । निर्णायक मण्डलले प्रस्तुति, तालमेल, आत्मविश्वास र समग्र प्रदर्शनका आधारमा नतिजा घोषणा गरेको आयोजकले जनाएको छ ।
विजयी प्रतियोगीहरूलाई कार्यक्रमकै अवसरमा ट्रफी पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार आइबिए विद्यालयका प्रधानाध्यापक सन्तोष पौडेलले वितरण गरेका थिए ।
पुरस्कार वितरण गर्दै प्रधानाध्यापक पौडेलले यस्ता कार्यक्रमले बालबालिकामा रहेको प्रतिभा उजागर गर्न मद्दत पुग्ने र उनीहरूलाई आत्मविश्वासी बन्न प्रेरणा मिल्ने बताए । उनले विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने जानकारी दिए ।
बालबालिकाको उत्साहपूर्ण सहभागिता र अभिभावक तथा शिक्षकहरूको साथले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।
आइबिए विद्यालयको ‘डान्स बेबी कम्पिटिसन’ सम्पन्न, माहिपाल गुप्ता प्रथम

