By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > मनोरन्जन > वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

संवाददाता
संवाददाता
२७ चैत्र २०८२, शुक्रबार १७:३८

काठमाडौँ । वरिष्ठ सितार बादीका विजया शर्मालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । राजधानीमा सम्पन्न सातौँ संस्करणको सगरमाथा म्युजिक अवार्डमा शर्मालाई नगद रु.१७,६९६ सहित गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, रिलायन्स फाईनान्सका डेपुटी सिइओ रामहरि आचार्य, जुरी संयोजक सन्तोष श्रेष्ठ, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले उक्त सम्मान प्रदान गरे ।

नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान भन्ने नाराको साथ अर्थ नेपाल प्रालिले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको अवार्डमा ८८४८ सहित पत्रकार ध्रुव लम्साललाई सगरमाथा कला पत्रकारिता रजत सम्मान, शिरोमण दवाडीलाई रेडियो पत्रकारिता सम्मान प्रदान गरियो ।

कार्यक्रममा सगरमाथा संगीत सम्मान गीतकार खेमनाथ दाहाल, सगरमाथा समाजसेवा सम्मान रामराजा थापा, सगरमाथा सम्मान राजेन्द्र लुइँटेल अध्यक्ष कार्यक्रम व्यवस्थापक संघ, सगरमाथा संगीत सम्मान गीतकार लोकराज अधिकारी,  सगरमाथा कला सम्मान अश्विनी झा, सगरमाथा कला सम्मान राजन बुढाथोकी र सगरमाथा सम्मान राजेन्द्र थापा मगरलाई सम्मान गरिएको थियो ।

संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार मालिका केशरी (प्रकाश श्रेष्ठ), कलाकार सनम कठायत, चलचित्रकर्मी देवेन्द्र बजगाई, लोक गायक कुलेन्द्र विक, गायक हेमन्त कान्छा रसाईली र गीतकार सामना शाह अवार्डको निर्णायक रहेका थिए ।
कार्यक्रममा गीतसंगीतका बिभिन्न बिधामा अवार्ड समेत बाँडिएको थियो ।
क–कसले पाए अवार्ड
१,सर्वोत्कृष्ट चलचित्र गायन
बेनिसा पौडेल – बिहे भाको छैन (छक्का पञ्जा ५)

२. सर्वोत्कृष्ट चलचित्र गीतकार

ऋषिराज आचार्य – कर्णाली काटौला (द्रौपदी)

३. सर्वोत्कृष्ट चलचित्र संगीतकार

आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारङ्गी)

४. सर्वोत्कृष्ट पप/ आधुनिक गायक

सिडी विजय अधिकारी– सोल्टीनी

५. सर्वोत्कृष्ट पप/ आधुनिक गायक (पब्लिक च्वाइस)

रुद्र शेखर शर्मा – के छ ओई सान्नानी

६. सर्वोत्कृष्ट पप/ आधुनिक गायिका

निता आचार्य – ताँते गर्दै

७. सर्वोत्कृष्ट पप/ आधुनिक गीतकार

डा.रमिल अधिकारी– आउ एउटा बाँचा गरौं

८, सर्वोत्कृष्ट पप/ आधुनिक गीतकार (जुरी)

रोहन पौडेल(जनक) – जेल पनि सहुँला

९. सर्वोत्कृष्ट पप/ आधुनिक संगीतकार

जीवन शर्मा – निर्बाध मन

१०. सर्वोत्कृष्ट बाद्यवादन

१. सुरेन लामा

११, सर्वोत्कृष्ट पप/ आधुनिक मोडल महिला

सुजिना गोले – कति माया गर्छु तिमीलाई

१२, सर्वोत्कृष्ट पप/ आधुनिक मोडल महिला (जुरी)

प्रतिक्षा काफ्ले  – औधी मन पराए

१३, सर्वोत्कृष्ट पप/ आधुनिक मोडल पुरुष

बादल घिमिरे – हारी सके

१४ सर्वोत्कृष्ट पप/ आधुनिक मोडल पुरुष (जुरी)

प्रज्वलराज भट्ट  – औधी मन पराए

१५, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक

निरम कुमार शाही – उखुमै बनायो

१६, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका

कला गुरुङ – घरबारे माया

१७, सर्वोत्कृष्ट लोक तथा दोहोरी शब्द

रोशन रेग्मी–  ए बा हो मलाई

१८, सर्वोत्कृष्ट लोक तथा दोहोरी लय

रोशन सिंह – अरे आम्मै मरे

१९,सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल महिला

अस्मिता जुरेली – बुझेन मायाले प्यार गरेको

२०, सर्वोत्कृष्ट लोक तथा दोहोरी  मोडल पुरुष

कैलाश कठायत – ईत्ती माया

२१, सर्वोत्कृष्ट लोक तथा दोहोरी  मोडल पुरुष (जुरी)

सहिन प्रजापति – मलाई त्यहि बानी मन पर्छ

२२, सर्वोत्कृष्ट कोरियोग्राफी (लोक दोहोरी)

१, सन्दीप भुजेल – काँचो रानी बेल

२३, सर्वोत्कृष्ट कोरियोग्राफी (पप/आधुनिक)

राहुल शाह – किस किस

२४, सर्वोत्कृष्ट सर्बोत्कृष्ट नव गायन

२, मदन बम –तिमी मेरो हौं

२५, सर्वोत्कृष्ट नव मोडल (लोकपप)

३,सहिस्मा खड्का –जेनतेन चलिराछ

२६, सर्वोत्कृष्ट नव मोडल (आधुनिक)

अनिसा अधिकारी– लेखान्त कल्पना नै नगरेको

२७,सर्वोत्कृष्ट पप/आधुनिक नव मोडल (जुरी)

गिता पन्थी – मिठा मिठा मनका कुरा

२८, सर्वोत्कृष्ट लोक तथा दोहोरी नव मोडल

आशिका घिमिरे – चिसो चिसोमा

२९, सर्वोत्कृष्ट बाल प्रतिभा गायन (महिला)

परिधि खतिवडा – घरकी फुलबारी

३०, सर्वोत्कृष्ट बाल प्रतिभा गायन (पुरुष)

आर्यन पाण्डे– मेरो अनुरोधमा

३१, सर्वोत्कृष्ट बाल प्रतिभा अभिनय

प्रिन्स बम – लागु औषध विरुद्ध महा अभियान

३२, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार

महेश महरा –तिम्रै माया लाग्छ

३३, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन

कल्पेश विश्वकर्मा – साथ दिने मान्छे यस्तो होस

३४, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक

प्रविण थापा– अरे आम्मै मरे

यो पनि पढ्नुहोस्

अभिनेता तथा राजनीतिज्ञ विजयलाई सीबीआईले काट्यो पत्र

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

आइबिए विद्यालयको ‘डान्स बेबी कम्पिटिसन’ सम्पन्न, माहिपाल गुप्ता प्रथम

सारा अर्जुन बने आइएमडीबीको सबैभन्दा लोकप्रिय अभिनेत्री

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?