By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > मनोरन्जन > अभिनेता तथा राजनीतिज्ञ विजयलाई सीबीआईले काट्यो पत्र

अभिनेता तथा राजनीतिज्ञ विजयलाई सीबीआईले काट्यो पत्र

संवाददाता
संवाददाता
२८ पुष २०८२, सोमबार १६:२०

हैदराबाद । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता तथा राजनीतिज्ञ विजय थलापतिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले सोधपुछका लागि बोलाएको छ।

गत वर्ष सेप्टेम्बर २७ मा करूर जिल्लामा उनको पार्टी तमिलगा वेट्री कजगम (टीभीके) को र्‍यालीका क्रममा भएको भागदौडको विषयमा अनुसन्धान गर्न सीबीआईले उनलाई आगामी जनवरी १२ मा उपस्थित हुन पुर्जी जारी गरेको हो । सर्वोच्च अदालतको आदेशपछि विशेष अनुसन्धान टोली (एसआईटी) बाट यो केसको जिम्मेवारी लिएको सीबीआईले अहिले प्रमाणहरू सङ्कलन गरिरहेको छ ।

उक्त दुःखद घटनामा एक ९ वर्षीया बालिका हराएपछि विजयले मञ्चबाटै उनलाई खोज्न प्रहरी र आफ्ना कार्यकर्तालाई अपील गरेका थिए। त्यसलगत्तै भिडमा भागदौड मच्चिँदा ४१ जनाको ज्यान गएको थियो भने ६० भन्दा बढी घाइते भएका थिए ।

र्‍यालीका लागि १० हजार मानिसको अनुमति लिइएको भए पनि त्यहाँ करिब १ लाख २० हजारको हाराहारीमा समर्थकहरू ओइरिएका थिए। अत्यधिक भिडका कारण धेरैलाई श्वास फेर्न गाह्रो भएको र कतिपय बेहोस समेत भएका थिए।

सीबीआईले यसअघि नै विजयको पार्टीका कयौँ पदाधिकारीहरूसँग सोधपुछ गरिसकेको छ। एजेन्सीले विजयको बयान लिएपछि यस मामिलामा चार्जसिट दायर गर्ने तयारी गरेको बुझिएको छ।

गत वर्ष फेब्रुअरी २ मा आफ्नो राजनीतिक दल घोषणा गरेका विजयले अगस्टमा पार्टीको झण्डा र चुनाव चिह्न सार्वजनिक गरेका थिए। निर्वाचन आयोगले सेप्टेम्बर ८ मा उनको दललाई आधिकारिक मान्यता दिएको थियो।

राजनीतिमा पूर्णकालीन समय दिने उद्देश्यले विजयले अभिनय यात्राबाट संन्यास लिने घोषणा समेत गरिसकेका छन्। डिसेम्बर २९ मा आफ्नो फिल्म ‘जन नायकन’ को अडियो सार्वजनिक गर्ने कार्यक्रममा उनले अब जनताको सेवामा मात्र समर्पित हुने बताएका थिए।

सन् २०२६ अप्रिलमा रिलिज हुने तयारीमा रहेको ‘जन नायकन’ उनको करियरको अन्तिम फिल्म हुने बताइएको छ।

यो पनि पढ्नुहोस्

आइबिए विद्यालयको ‘डान्स बेबी कम्पिटिसन’ सम्पन्न, माहिपाल गुप्ता प्रथम

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

‘मिर्जापुर: द फिल्म’ मा स्वीटीको पुनरागमन, श्रिया पिलगाउँकरले सुरु गरिन् सुटिङ

प्रहरी अवतारमा रानी मुखर्जीको कमब्याक, ‘मर्दानी ३’ जनवरी ३० मा रिलिज हुने

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?