काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शपथग्रहणपछि उनीहरूले आ-आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नेछन्।

यसअघि बिहीबार मात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए। उद्योग मन्त्रालयको जिम्मेवारी भने हालसम्म प्रधानमन्त्री शाहले स्वयं सम्हाल्दै आएका थिए।
नवनियुक्त श्रममन्त्री रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने उद्योगमन्त्री गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।
