By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-1 > निर्मला पन्त हत्या काण्डको नियति नदोहोरिओस् !

निर्मला पन्त हत्या काण्डको नियति नदोहोरिओस् !

संवाददाता
संवाददाता
१ चैत्र २०८२, आईतवार १२:२५

सुर्खेतकी किशोरी इनिसा विकको फागुन २३ गते बलात्कारपछि भएको हत्याको अनुसन्धानमा देखिएको अन्योलले फेरि एकपटक प्रहरी अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । यसैबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई घटनाको छानबिनमा संलग्न गराइएको समाचारले सही दिशामा अनुसन्धान अघि बढ्ने अपेक्षा पनि जगाएको छ । नेपालमा बालिका र महिलामाथि हुने जघन्य अपराधले बेलाबेला समाजलाई झस्काइरहेका छन् तर त्यस्ता घटनाको अनुसन्धानमा देखिने कमजोरी झन् चिन्ताको विषय बनेको छ ।

यसअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपालमा अनुसन्धान प्रणालीकै विश्वसनीयतामाथि गहिरो प्रश्न खडा गरेको थियो। विसं २०७५ साउन १० गते हराएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो । त्यस घटनाले देशव्यापी आक्रोश र आन्दोलन त जन्मायो तर अनुसन्धानमा गम्भीर कमजोरी देखियो । घटनास्थलमै प्रमाण नष्ट हुनेदेखि अनुसन्धानलाई दिशाहीन बनाउने त्रुटिहरूले सत्य पत्ता लगाउने प्रक्रिया नै कमजोर बनायो ।

अपराध अनुसन्धान भनेको प्रमाणले देखाएको बाटो पछ्याउने प्रक्रिया हो । तर जब अनुसन्धानलाई राजनीतिक दबाब, प्रशासनिक हतारो वा सार्वजनिक आक्रोशले निर्देशित गर्न थालिन्छ, सत्य झन् टाढा पुग्ने खतरा बढ्छ । निर्मला काण्डमा देखिएको यही कमजोरीले अनुसन्धानलाई गम्भीर क्षति पुर्‍याएको थियो । त्यसको मूल्य सरकारहरूले मात्र होइन, समग्र राज्य व्यवस्थाले नै चुकाउनुपर्‍यो ।

इनिसा विकको हत्यापछि देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् । दोषीलाई कडा कारबाही गरिनुपर्छ भन्ने माग स्वाभाविक र न्यायसंगत हो । तर न्यायको माग र अनुसन्धानमाथिको अनावश्यक दबाबबीच सन्तुलन कायम रहनु पनि उत्तिकै आवश्यक हुन्छ । अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी राजनीतिक हस्तक्षेप, अफवाह वा अधुरा तथ्य सार्वजनिक गरिन थाले भने अन्ततः त्यसले न्यायको बाटो नै अवरुद्ध गर्न सक्छ ।

सुर्खेत प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताइरहेको छ । पोस्टमार्टम रिपोर्ट, टेलिफोन संवाद, रगत परीक्षणलगायतका विवरण आउन बाँकी रहेको जानकारी दिइएको छ । यसले अनुसन्धान अझै प्रक्रियामै रहेको संकेत गर्छ । यस्तो अवस्थामा संयम, पारदर्शिता र व्यावसायिकता अत्यन्त आवश्यक हुन्छ ।

सबैभन्दा महत्त्वपूर्ण  यस घटनालाई अर्को ‘निर्मला काण्ड’ बन्न नदिनु हो । त्यसका लागि प्रहरीले प्रमाणमा आधारित निष्पक्ष अनुसन्धान गर्नुपर्छ । राज्यले शोकाकुल आमाबाबुलाई राजनीतिक हस्तक्षेप हुन नदिने सुनिश्चितता दिनुपर्छ भने नागरिक समाजले पनि न्यायको पक्षमा उभिँदा अनुसन्धानलाई भ्रमित गर्ने हतारोबाट जोगिनुपर्छ ।

यो पनि पढ्नुहोस्

गौरस्थित प्रादेशिक अस्पतालमा कर्मचारी आवास भवनको शिलान्यास

त्रिशूली नदीमा डेढ वर्षअघि हराएको ‘गणपति डिलक्स’ बस फेला

पार्टीका शक्तिशाली अध्यक्षहरू नै पराजित

रौतहटमा करदाता सेवा अब कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै

झाझ पुल नजिक मोटरसाइकल दुर्घटना, श्रीमान श्रीमतीको ज्यान गयो

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?