रौतहट प्रहरीले नक्कली सहित दुई जना नवयुवकलाई नियन्त्रणमा लिएका छन् ।
रौतहटको वृन्दावन नगरपालिकाको विश्रामपुरमा रहेको विशाल किराना पसलमा नक्कली नेपाली नोटले पेट्रोल किन्ने दुई जना नवयुवकलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । वृन्दावन नगरपालिका– २ विश्रामपुरका २२ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका–१ का २० वर्षीय विवेकप्रसाद यादव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बिष्णु प्रदिप बस्यालले जानकारी दिए ।

Contents
रौतहट प्रहरीले नक्कली सहित दुई जना नवयुवकलाई नियन्त्रणमा लिएका छन् ।
रौतहटको वृन्दावन नगरपालिकाको विश्रामपुरमा रहेको विशाल किराना पसलमा नक्कली नेपाली नोटले पेट्रोल किन्ने दुई जना नवयुवकलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । वृन्दावन नगरपालिका– २ विश्रामपुरका २२ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका–१ का २० वर्षीय विवेकप्रसाद यादव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बिष्णु प्रदिप बस्यालले जानकारी दिए ।डिएसपी बस्यालका अनुसार बुधबार दिउँसो करिब ३ बजेको समयमा विश्रामपुर बजार स्थित उक्त किराना पसलमा पेट्रोल खरिद गर्ने क्रममा उनीहरूले नक्कली एक हजार दरका नोट दिएका थिए । पसलेलाई नोट माथि शंका लाग्दा तिनीहरुलाई समातेर प्रहरीलाई गरेको थियो ।
सूचना पाएलगत्तै प्रहरी चौकी विश्रामपुरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको जानकारी दिदै डिएसपी बस्यालले बिआर.३० एआर ७७५५ को मोटरसाईकलमा आएका पटेलको शरीरलाई खानतलासी गर्दा एक हजार दरका १२ थान र यादवले मोबाइल कभरमा लुकाई राखेको २ थान गरी १४ थान नक्कली नोट बरामद भएको बताए ।
बरामद नक्कली नोट र मोटरसाइकलसहित दुवै जनालाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी वस्यालले बताए ।
डिएसपी बस्यालका अनुसार बुधबार दिउँसो करिब ३ बजेको समयमा विश्रामपुर बजार स्थित उक्त किराना पसलमा पेट्रोल खरिद गर्ने क्रममा उनीहरूले नक्कली एक हजार दरका नोट दिएका थिए । पसलेलाई नोट माथि शंका लाग्दा तिनीहरुलाई समातेर प्रहरीलाई गरेको थियो ।