By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > अवैध उत्खननमा संलग्न ८ ट्रयाक्टर पक्राउ

अवैध उत्खननमा संलग्न ८ ट्रयाक्टर पक्राउ

संवाददाता
संवाददाता
५ चैत्र २०८२, बिहीबार १८:४७

दिलिप पाण्डे रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा भइरहेको अवैध बालुवा उत्खननविरुद्ध सुरक्षाकर्मीले छापा मार्दा आठ वटा ट्रयाक्टरसहित चालकहरू नियन्त्रणमा परेका छन् ।
चन्द्रपुर ५ राजपैडा र वडा नं. ८ मोतीपुरस्थित चाँदी खोलामा अवैध रूपमा बालुवा उत्खनन भइरहेको सूचना पाएपछि सशस्त्र प्रहरीको टोली बिहीबार बिहान घटनास्थल पुगेको थियो । सुरक्षा बेस सन्तपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जिसीको नेतृत्वमा खटिएको टोलीले उत्खनन तथा ढुवानीमा प्रयोग भइरहेका ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार केही ट्रयाक्टर बालुवा लोड गरिरहेका थिए भने केही खाली अवस्थामा फेला परेका थिए । सो क्रममा आठै जना चालकलाई समेत नियन्त्रणमा लिइएको थियो ।
घटनापछि ट्रयाक्टर र चालकलाई चन्द्रपुर नगरपालिकामा बुझाइएको थियो । नगरपालिकाले भने सामान्य जरिवाना लिएर सबैलाई रिहा गरेको छ । राजश्व शाखाका अनुसार प्रति ट्रयाक्टर एक हजार रुपैयाँका दरले जरिवाना असुल गरिएको हो ।
यसैबीच नगरपालिकाले चालु आर्थिक वर्षका लागि नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रक्रिया अघि बढाइसकेको भए पनि औपचारिक सम्झौता भने अझै बाँकी रहेको जनाएको छ । चाँदी खोला र बागमती नदी दुबैमा ठेक्का लागिसकेको र छिट्टै सम्झौता हुने तयारी भइरहेको अधिकारीहरूले बताएका छन् ।

यो पनि पढ्नुहोस्

रातिको हावाहुरीले किसान पीडित

रौतहटमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

त्रिशूली नदीमा डेढ वर्षअघि हराएको ‘गणपति डिलक्स’ बस फेला

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

रौतहटमा करदाता सेवा अब कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?