रौतहटको पराहा नगरपालिकाको बसिर चोकबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई सशसत्र प्रहरीले पक्राउ गरेर आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा परोहा नगरपालिका–७ बसिर चोकमा सशस्त्र प्रहरी बलको विओपी सरमुजवा र प्रहरी चौकी मोतीपुर नरकटियाको संयुक्त टोलीले बीआर ०५ बीएल ८८४६ नम्वरको मोटरसाइकलमा सवार दुई जना व्यक्तिको शरिर चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेका थिए ।
सीमापारी भारतबाट आउदै गरेको उक्र मोटरसाइकलमा सबार बारा निजगढ नगरपालिका–७ का ३० बर्षीय शिखरबहादुर पुलामी र भारत विहार पूर्वी चम्पारणको ग्रामपंचायत घोडासहान कबैया–६ का २९ बर्षीय गोलु भन्ने नैतिक कुमारलाई पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट ट्रामोल–५० लेखिएको १२६ पत्तामा १२६० पिस क्याप्सुल, मोवाइल ३ थान, नेपाली रुपैया ३६ हजार र मोटरसाइकल बरामद भएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले पक्राउ परेका दुवै जनालाई लागुऔषध ओसारपसार कसुर ऐन अन्तर्गत रौतहट अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको बताए ।रौतहटमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ
रौतहटको परोहा नगरपालिकास्थित बसिर चोकबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार परोहा नगरपालिका–७ बसिर चोकमा सशस्त्र प्रहरी बलको बीओपी सरमुजवा र प्रहरी चौकी मोतीपुर नरकटियाको संयुक्त टोलीले भारततर्फबाट आउँदै गरेको बीआर ०५ बीएल ८८४६ नम्बरको मोटरसाइकल चेकजाँच गरेको थियो। सो क्रममा मोटरसाइकलमा सवार दुई जनाको शरीर तलासी गर्दा प्रतिबन्धित लागुऔषध फेला परेको हो।
पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका–७ का ३० वर्षीय शिखरबहादुर पुलामी र भारत, बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको घोडासहान कबैया–६ का २९ वर्षीय गोलु भनिने नैतिक कुमार रहेका छन्।
उनीहरूको साथबाट ट्रामाडोल–५० लेखिएको १२६ पत्तामा १,२६० क्याप्सुल, तीन थान मोबाइल फोन, नेपाली रुपैयाँ ३६ हजार नगद र प्रयोगमा रहेको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डीएसपी विष्णुप्रदीप वस्यालका अनुसार पक्राउ परेका दुवै जनालाई लागुऔषध ओसारपसार कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ।