By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > रौतहटमा पशुपन्छी खोप अभियान तीव्र

रौतहटमा पशुपन्छी खोप अभियान तीव्र

संवाददाता
संवाददाता
१० चैत्र २०८२, मंगलवार १९:५५

दिलीप पाण्डे रौतहट । पशुपन्छीमा फैलिने संक्रामक रोग नियन्त्रण तथा पशु उत्पादन वृद्धि गर्ने उद्देश्यले रौतहट जिल्लामा अभियान तीव्र रूपमा अगाडि बढाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटको आयोजनामा तथा सम्बन्धित स्थानीय तहका पशु सेवा शाखासँगको समन्वयमा अभियान सञ्चालन गरिएको हो ।
कार्यालयका अनुसार चैत ७ गतेदेखि १३ गतेसम्म खोप सप्ताह सञ्चालन हुँदैछ । यस अवधिमा जिल्लाका सबै पालिकामा पुगेर पशुपन्छीमा देखिने प्रमुख संक्रामक रोग विरुद्ध खोप लगाइँदैछ ।
अभियान अन्तर्गत गाई, भैंसी, पाडापाडी, बाच्छाबाच्छी तथा बङ्गुर÷सुगुरमा देखिने खोरेत (एफएमडी) रोग विरुद्ध खोप लगाउने कार्य भइरहेको छ । यसैगरी बाख्रा, भेडा, पाठापाठीमा देखिने पिपिआर (पिपिआर) रोग विरुद्ध खोप लगाउने तयारीसमेत गरिएको छ । खोरेत रोगले पशुमा खुट्टा तथा मुखमा घाउ आउने, ज्वरो आउने र उत्पादन क्षमतामा कमी ल्याउने भएकाले यसलाई नियन्त्रण गर्न खोप अभियान प्रभावकारी उपाय मानिन्छ ।
जिल्लाभर सञ्चालन भइरहेको अभियानका लागि ८७ जना जनशक्ति परिचालन गरिएको छ । कार्यालय प्रमुख इन्दु राय यादवका अनुसार अभियानको सुरुवाती लक्ष्य करिब ७५ हजार पशुमा खोप लगाउने रहेको छ । हालसम्म करिब ३५ प्रतिशत प्रगति भएको जनाउँदै उनले बाँकी अवधिमा अभियानलाई अझ तीव्र बनाइने बताए ।
उनले भने खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको छ । केही पालिकामा स्रोत तथा जनशक्तिको कमी चुनौतीका रूपमा देखिए पनि लक्ष्य हासिल गर्न हामी सक्रिय छौँ । हाल गाईभैंसीमा खोरेत रोग विरुद्ध खोप लगाउने कार्य प्राथमिकतामा राखिएको छ । यो अभियान सम्पन्न भएपछि जिल्लाभर बाख्रा तथा भेडामा पिपिआर खोप अभियान सञ्चालन गरिने योजना रहेको छ । कार्यालयका अनुसार रौतहट जिल्लामा मात्रै करिब २ लाखभन्दा बढी बाख्रामा पिपिआर खोप लगाउने लक्ष्य राखिएको छ ।
खोप अभियानले पशुमा लाग्ने महामारीजन्य रोग नियन्त्रण गर्नुका साथै कृषकको आम्दानी वृद्धि, दुग्ध तथा मासु उत्पादनमा सुधार ल्याउने अपेक्षा गरिएको छ । ग्रामीण क्षेत्रमा पशुपालन मुख्य आयस्रोतका रूपमा रहेकोले यस्ता अभियानले कृषकलाई प्रत्यक्ष लाभ पु¥याउने विश्वास गरिएको छ ।
यद्यपि अभियान सञ्चालनका क्रममा केही स्थानमा स्रोतको अभाव, जनशक्ति व्यवस्थापन तथा जनचेतनाको कमी जस्ता चुनौतीहरू देखिएका छन् । यस्ता समस्यालाई समाधान गर्न स्थानीय तह सरोकारवाला निकाय तथा कृषकबीच सहकार्य आवश्यक रहेको कार्यालयले जनाएको छ । खोप लगाएपछि केही पशुमा सामान्य ज्वरो आउने वा खोप लगाएको स्थानमा हल्का सुन्निने जस्ता साइड इफेक्ट देखिन सक्ने भए पनि यसले दीर्घकालीन रूपमा रोग नियन्त्रणमा ठूलो योगदान पु¥याउने चिकित्सकहरूले बताएका छन् ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभामा अर्यालको नाम सिफारिस र आदर्श श्रेष्ठको नियुक्ति फिर्ता लिन माग

गौरमा करदाता सेवा कार्यालय सार्न खोज्दा विवाद, व्यापारीको अवरोधपछि सामान फिर्ता अनलोड

झाझ पुल नजिक मोटरसाइकल दुर्घटना, श्रीमान श्रीमतीको ज्यान गयो

गौरमा जसपा नेपालको चुनावी सम्पर्क कार्यालय उद्घाटन

ओलीप्रति समवेदना व्यक्त गर्न गुण्डु पुगे उपराष्ट्रपति यादव

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?