By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-1 > गौरमा जसपा नेपालको चुनावी सम्पर्क कार्यालय उद्घाटन

गौरमा जसपा नेपालको चुनावी सम्पर्क कार्यालय उद्घाटन

संवाददाता
संवाददाता
२१ माघ २०८२, मंगलवार १३:१७

दिलीप पाण्डे रौतहट । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि रौतहटको सदरमुकाम गौरमा चुनावी सम्पर्क कार्यालय उद्घाटन गरेको छ । क्षेत्रीय चुनावी गतिविधि तीव्र बनाउने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयबाट अब संगठित रूपमा प्रचार–प्रसार र जनसम्पर्क अभियान सञ्चालन गरिने पार्टीले जनाएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार योगेन्द्र यादवले क्षेत्रका लागि आफ्ना प्रमुख चुनावी प्राथमिकताहरू सार्वजनिक गरेका छन् । उनले जसपा नेपाल स्पष्ट एजेन्डा, फरक राजनीतिक पहिचान र जनताका वास्तविक समस्यामा केन्द्रित कार्यक्रमसहित चुनावमा सहभागी भएको बताए । यादवले पार्टी अध्यक्ष उपेन्द्र यादव तथा वरिष्ठ नेता महन्थ ठाकुरको नेतृत्वमा देशमा स्वाभिमान, सम्मान र समानतामूलक राजनीतिक व्यवस्था स्थापनाका लागि पार्टी निरन्तर संघर्षरत रहेको उल्लेख गरे । उनले परम्परागत नाराभन्दा परिणाममुखी काममार्फत जनताको विश्वास जित्ने लक्ष्य रहेको बताए ।
उम्मेदवार यादवका अनुसार क्षेत्र नम्बर १ को पहिलो प्राथमिकता बाढी नियन्त्रण हो । पूर्वतर्फ बागमती नदी, पश्चिमतर्फ लालबकैया नदी र बीचमा पर्ने झाँझ नदीका कारण वर्षेनी हुने डुबान र कटानले ठूलो क्षति पुग्दै आएको भन्दै उनले तटबन्ध मर्मत, सुदृढीकरण तथा नयाँ संरचना निर्माणलाई विशेष योजनासहित अगाडि बढाइने बताए । बाढी समस्याको स्थायी समाधानका लागि संघीय तहबाट आवश्यक बजेट र प्राविधिक सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
दोस्रो प्राथमिकतामा शिक्षा क्षेत्र सुधारलाई राखिएको उनले बताए । संघीय राजधानी नजिकैको क्षेत्र भएर पनि शिक्षा प्रणाली अपेक्षाअनुसार सुदृढ हुन नसकेको टिप्पणी गर्दै उनले विद्यालयको भौतिक पूर्वाधार, शिक्षण गुणस्तर र पाठ्यक्रम सुधारमा ध्यान दिइने बताए । युवामुखी, सीपमा आधारित र रोजगारीसँग जोडिएको शिक्षा प्रणाली विकास गर्ने योजना रहेको उनको भनाइ थियो ।
तेस्रो प्राथमिकताका रूपमा रोजगारी सिर्जनालाई अघि सार्दै यादवले क्षेत्र नम्बर १ मा आधुनिक उद्योग स्थापना गरी कम्तीमा १० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको जानकारी दिए । बेरोजगारीका कारण ठूलो संख्यामा युवाहरु बिदेश जान बाध्य भएको अवस्थालाई अन्त्य गर्न स्थानीय स्तरमै उद्योग, कृषि आधारित प्रशोधन केन्द्र र साना–मझौला उद्यम प्रवद्र्धन गरिने उनले बताए । लगानी आकर्षित गर्न निजी क्षेत्रसँग सहकार्य गरिने पनि उनले स्पष्ट पारे ।
चौथो प्राथमिकतामा सामाजिक न्याय र विभेद अन्त्यको विषयलाई जोड दिँदै उनले जातीय विभेद, छुवाछूत तथा दलित, मुस्लिम र सीमान्तकृत समुदायमाथि हुने भेदभाव अन्त्य गर्न ठोस पहल गरिने बताए । समान अधिकार र अवसर सुनिश्चित गर्दै सम्मानजनक जीवनका लागि नीतिगत र कानुनी सुधारमा पहल गरिने उनको भनाइ थियो ।
यादवले धर्म, जात, वर्ग र सामाजिक स्तरका आधारमा हुने विभाजन अन्त्य गर्दै समावेशी र न्यायपूर्ण समाज निर्माण जसपा नेपालको मूल लक्ष्य रहेको दोहो¥याए । विकासलाई केवल पूर्वाधारमा सीमित नराखी सामाजिक रूपान्तरणसँग जोडेर अघि बढाइने उनले बताए । उद्घाटन कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य बाबुलाल साह, पूर्व सभासद निलम वर्मा, वरिष्ठ मधेशी नेता श्रीमन नारायण मिश्रलगायत नेताहरूले पनि मन्तव्य राखेका थिए । वक्ताहरूले क्षेत्रीय विकास, समावेशी प्रतिनिधित्व र जनअधिकारका मुद्दामा जसपाले निरन्तर आवाज उठाउँदै आएको बताएका थिए । जिल्ला अध्यक्ष भरत साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठूलो संख्यामा नेता, कार्यकर्ता र समर्थकको उपस्थिति रहेको थियो । कार्यालय उद्घाटनसँगै क्षेत्र नम्बर १ मा जसपा नेपालको चुनावी अभियान औपचारिक रूपमा विस्तार भएको आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

पार्टीका शक्तिशाली अध्यक्षहरू नै पराजित

रौतहटमा आर्थिक गणना कार्यालय स्थापना, वैशाखदेखि तथ्याङ्क सङ्कलन सुरु हुने

रौतहटमा भन्सार छलीका सामानसहित मोटरसाइकल बरामद

गरुडा नगरपालिकामा चिसोबाट जोगाउन दाउरा वितरण निरन्तर

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?