By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > समाचार > राष्ट्रिय सभामा अर्यालको नाम सिफारिस र आदर्श श्रेष्ठको नियुक्ति फिर्ता लिन माग

राष्ट्रिय सभामा अर्यालको नाम सिफारिस र आदर्श श्रेष्ठको नियुक्ति फिर्ता लिन माग

संवाददाता
संवाददाता
२ चैत्र २०८२, सोमबार १५:५१

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारलाई पछिल्ला दुई निर्णय फिर्ता लिन आग्रह गरेका छन् । राष्ट्रिय सभामा ओमप्रकाश अर्यालको नाम सिफारिस गर्ने निर्णय र आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय फिर्ता लिन उनले सरकारलाई भनेका हुन् ।

जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले आफ्ना आसेपासेलाई राज्यका महत्त्वपूर्ण निकायमा भर्ती गर्ने निर्णय गर्नु उचित नरहेको उनको आग्रह छ ।

‘निर्वाचन गराउने प्रधान दायित्व बोकेको सरकारले निर्वाचन सम्पन्न गरेर अब बहिर्गमनको बेलामा भने जेनजी विद्रोहको मूल मर्ममाथि नै प्रहार हुने गरि सुशासनलाई धज्जी उडाउँदै आफ्ना आसेपासेलाई राजनीतिक नियुक्ति दिलाउनु निन्दनीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचन गराउने जिम्मेवारी पाएका गृहमन्त्री ओमप्रकाश अर्याल सत्ताबाहिर बस्न नचाहेर आफूसम्मिलित मन्त्रिपरिषद्‍बाट राष्ट्रिय सभामा मनोनित हुन सिफारिस हुनु पनि अर्को लाजको विषय हो ।’

प्रधानमन्त्री कार्कीले आफ्नो पीए आदर्श श्रेष्ठलाई जाँदाजाँदै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्नु सुशासन र पारदर्शीताको उपहास भएको पनि उनले बताएका छन् ।

यसका साथै अध्यक्ष साहले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

‘सरकार प्रमुख त्यो प्रतिवेदन सार्वजनिक गर्नुको साटो आफ्ना आसेपासेलाई राज्यका निकायमा भर्ती गर्न व्यस्त हुनु लज्जाको विषय हो,’ उनी लेख्छन्, ‘सुशीला कार्कीलाई यी दुवै निर्णय फिर्ता लिन र तत्काल जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक आग्रह गर्दछु ।’

यो पनि पढ्नुहोस्

इसेवाबाट १ करोडभन्दा बढीको अवैध कारोबार, एक जना पक्राउ

बागमती नदीमा बेपत्ता युवक मृत फेला

मोनास्टिक इन्टरनेशनल एकेडेमी गौरको ग्रान्ड कल्चरल प्रोग्राम सम्पन्न

दुई छोराछोरीसहित महिला बेपत्ता भएको आशंका

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?