By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > रौतहटमा विकासले अब गति लिने संकेत

रौतहटमा विकासले अब गति लिने संकेत

संवाददाता
संवाददाता
१० चैत्र २०८२, मंगलवार २०:१५

दिलीप पाण्डे रौतहट । प्रारम्भिक चरणमा देखिएको ढिलाइपछि पूर्वाधार विकास कार्यालय रौतहटले विकास योजनालाई तीव्रता दिने स्पष्ट संकेत देखाएको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म पुँजीगत खर्च १५ प्रतिशतमा सीमित रहे पनि अधिकांश योजनाको प्रक्रियागत तयारी सम्पन्न हुने चरणमा पुगेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख दिपक कुमार मिश्रका अनुसार प्रदेशस्तरको नीतिगत अन्योलका कारण सुरुआती महिनामा योजना कार्यान्वयन प्रभावित भए पनि अहिले टेन्डर, समन्वय र प्राविधिक तयारीका काम द्रुत रूपमा अघि बढिरहेका छन् । उहाँका अनुसार यसले आगामी महिनामा खर्च दर र कार्य प्रगति दुवैमा सुधार ल्याउने आधार तयार गरेको छ ।
चालू आर्थिक वर्षका लागि २ अर्ब १३ करोड रुपैयाँ बजेटसहित ६०० योजना स्वीकृत गरिएकोमा ठूला योजनाहरू क्रमश टेन्डर प्रक्रियामा प्रवेश गरिरहेका छन् । २५ लाखभन्दा माथिका योजनामध्ये आधाभन्दा बढी प्रक्रिया अगाडि बढिसकेको छ भने बाँकी योजनामा सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ ।
बहुवर्षीय योजनामा समेत उल्लेख्य प्रगति देखिएको कार्यालयले जनाएको छ । ६० मध्ये ४० योजना कार्यान्वयनमा छन् भने बाँकी योजनामा डिपिआर निर्माण र स्रोत सुनिश्चितताको काम अन्तिम चरणतर्फ उन्मुख छ ।
कार्यालयले साना तथा मध्यम योजनामा देखिएको ढिलाइ न्यूनीकरण गर्न स्थानीय तह र उपभोक्ता समितिसँग समन्वयलाई अझ सुदृढ बनाएको छ । साथै पारदर्शिता, गुणस्तर र प्रभावकारितालाई केन्द्रमा राख्दै अनुगमन संयन्त्रलाई सक्रिय बनाइएको छ । कार्यालयका अनुसार अबको अवधिमा योजनाहरू कार्यान्वयन चरणमा प्रवेश गर्ने क्रम बढ्दै जानेछ र यसले समग्र विकासलाई गतिशील बनाउने विश्वास लिइएको छ ।

यो पनि पढ्नुहोस्

गौरमा बिचौलियामाथि प्रहरीको कडाइ, पाँच जना नियन्त्रणमा

रौतहट–१ मा अजय गुप्ताको चुनावी अभियान

गंगापिपरा–खैरवा पुल: सपना अधुरो, जोखिम दैनिक

रौतहटमा स्यालको आक्रमण, ५ जना घाइते

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

थप समाचार

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?