By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > प्रदेश > डा.सी. के राउतले गरे संसदीय राजनीतिबाट विश्राम लिने घोषणा

डा.सी. के राउतले गरे संसदीय राजनीतिबाट विश्राम लिने घोषणा

संवाददाता
संवाददाता
२ चैत्र २०८२, सोमबार १५:५४

जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्।

सोमबार एक वक्तव्य जारी गर्दै उनले पदको राजनीतिबाट टाढा रहे पनि पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिने र जनताका लागि संघर्ष गरिरहने बताए ।

डा. राउतले आफ्ना विगतका अनुभव साझा दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचन लडेको उल्लेख गरेका छन्। २०७९ सालको निर्वाचनमा आफू नलड्ने विचार राख्दा पनि पार्टीलाई राष्ट्रिय पार्टी बनाउन साथीहरूको आग्रहमा उठ्नुपरेको र सो निर्णय सही सावित भएको उनले बताएका छन्।

त्यसै गरी, हालै सम्पन्न २०८२ को निर्वाचनमा पनि आफू उम्मेदवार नबन्ने पक्कापक्की भए पनि अन्तिम क्षणमा कार्यकर्ताको मनोबल गिर्न नदिन चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ। “कतिखेर संसदीय र पदको राजनीतिबाट विश्राम लिऔँ भनेर मौका खोज्दाखोज्दै २०८२ को निर्वाचन नलड्ने पक्कापक्की थियो,” उनले भनेका छन्, “तर साथीभाइको सल्लाह मान्दै उठेर ठीक गरेछु भन्ने लाग्छ।”

आफूमा पदको लोभलालच नपलाओस् र मायाजालमा नअल्झिऊँ भन्ने उद्देश्यले सार्वजनिक रूपमै संसदीय राजनीतिबाट टाढा रहने निर्णय लिएको डा. राउतले स्पष्ट पारेका छन्। उनले भनेका छन्, “यसको मतलब राजनीतिबाट गायब भएको होइन। राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै जनताको सेवामा रहने नै छु।”

आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयारी गराउन आफू प्रतिबद्ध रहेको र अधिकार एवं पहिचानको लडाइँमा सदैव जनताको साथमा रहने उनले बताए। उनले आफ्नो सन्देशको अन्त्यमा दुष्यन्त कुमारको चर्चित शेर उद्धृत गर्दै ‘आगो बलिरहनुपर्ने’ भाव व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस्

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

राप्रपाले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने

गौर वितरण केन्द्रद्वारा करोडौं राजस्व संकलन

चिसो तथा शीतलहरबाट प्रभावित विपन्न परिवारलाई राहत सामग्री

नेपाल एसबीआई बैंक लुटपाट प्रकरणमा सात जना पक्राउ

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?