By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Uncategorized > लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

संवाददाता
संवाददाता
१ चैत्र २०८२, आईतवार १२:४०

काठमाडौं। काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलो ३०० ग्रामसहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा २९ वर्षीय मुहम्मद राहुफ अरयानथोप र २५ वर्षीया आयशा दिलशा रहेका छन् । थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मुहम्मदको साथबाट करिब २ किलो १४० ग्राम र आयशाको साथबाट करिब २ किलो १६० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

सुनसरी, इटहरी उपमहानगरपालिका-२० तरहराबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २३० मिलिग्राम र नगद १६ हजार ७४५ रूपैयाँसहित झापा कनकाई नगरपालिका बस्ने ३० वर्षीय भिम बहादुर तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-कमलनगरको सब्जीमण्डबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ३७० मिलिग्राम र नगद ३१ हजार ७५ रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर नगरपालिका-३ कमलनगर डेरा गरी बस्ने सोही महानगरपालिका-१७ घर भएकी २७ वर्षीया आरोही परियार र भरतपुर महानगरपालिका-१६ बस्ने २८ वर्षीय बिशाल भट्ट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सप्तरी, तिरहुत गाउँपालिका-२ बडहराबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १०५ किलो ५०० ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कंचनरूप नगरपालिका-७ सितापुर बस्ने ४३ वर्षीय ओम प्रकाश भन्ने जामुन महतो र २८ वर्षीया कबिता कुमारी माझी रहेका छन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले कंचनपुरबाट डिमनतर्फ जाँदै गरेको प्र.२-०१-००१ ह ००२२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटो भित्र रहेको ४ वटा बोराबाट उक्त परिमाणको पदार्थ फेला पारी अटो चालक जामुन र अटोमा सवार कबिता कुमारीलाई पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८२० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २२ वर्षीय कमल शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाट पिपलचौताराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-८ क्याम्पस रोड बस्ने ३५ वर्षीय केशब बिष्ट र डडेल्धुरा आलिताल गाउँपालिका-३ मौरी बस्ने २३ वर्षीय कृष्ण महरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.७प२२६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-११ गौडीबजार बस्ने ३४ वर्षीय लोकेन्द्र कठायतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६७० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले लोकेन्द्रले संचालन गरेको खुद्रा पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँ बस्ने १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

यसैगरी धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३३० मिलिग्रामसहित भारत लखिमपुर खिरी पलिया बस्ने २२ वर्षीय राजन गुप्तालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्सा, वीरगज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ हजार ३०० ट्याब्लेटसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका-१ रहरीया डिह बस्ने ४२ वर्षीय राम असिस राउत अहिर र पर्सा बहुदरमाई नगरपालिका-२ सिसियाडी टोल बस्ने ३० वर्षीय सुबास सराफ रहेका छन् । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज २७६५ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा २ वटा बोरामा रहेको उक्त लागूऔषध फेला पारी सुमो चालक राम र सुमोमा सवार सुबासलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

गौर वितरण केन्द्रद्वारा करोडौं राजस्व संकलन

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

प्रदेश समाचार दैनिक २०८२ मंसिर ८ गते

ओमप्रकाश अर्याल फेरि गृहमन्त्री !

राष्ट्रिय सभामा अर्यालको नाम सिफारिस र आदर्श श्रेष्ठको नियुक्ति फिर्ता लिन माग

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?