By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > रौतहटमा सशस्त्र प्रहरीको अत्याधुनिक भवन उद्घाटन

रौतहटमा सशस्त्र प्रहरीको अत्याधुनिक भवन उद्घाटन

संवाददाता
संवाददाता
२२ चैत्र २०८२, आईतवार २०:३७

दिलिप पाण्डे रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मातहत रहेको सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरमा नवनिर्मित भवन आइतबार एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। करिब २ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको उक्त भवनले अब सीमाक्षेत्रको सुरक्षा व्यवस्थापनलाई थप सुदृढ र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
उक्त भवनको उद्घाटन सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कृष्ण ढकालले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सीमाक्षेत्रमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। उनले भने, “सुदृढ संरचना बिना प्रभावकारी सुरक्षा सम्भव हुँदैन। त्यसैले संगठनले सीमाक्षेत्रमा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ।”
डिआइजी ढकालले आफूले विगतमा यस क्षेत्रको कमाण्ड सम्हालेको अनुभव साझा गर्दै रौतहटको भौगोलिक बनावट, सीमाक्षेत्रको संवेदनशीलता तथा स्थानीय समुदायको सहयोगी भूमिकाबारे आफू पूर्ण रूपमा जानकार रहेको बताए। उनले सीमामा खटिएका सुरक्षाकर्मीहरूलाई अनुशासन, इमान्दारिता र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिँदै संगठनको मर्म विपरीत गतिविधिमा संलग्न हुने जो–कोहीलाई कडा कारबाही गरिने चेतावनीसमेत दिए।
उनले सीमामा रहेका बोर्डर आउट पोस्ट (बीओपी) हरूमा अझै पनि पर्याप्त भौतिक पूर्वाधारको अभाव रहेको स्वीकार गर्दै सरकारले विनियोजन गरेको बजेटअनुसार चरणबद्ध रूपमा आफ्नै भवन निर्माण भइरहेको जानकारी दिए। “यी भवनहरू नेपाली जनताको करबाट बनेका हुन्, त्यसैले जनताप्रति उत्तरदायी भएर सेवा गर्नु हाम्रो दायित्व हो,” उनले जोड दिए।
सीमाक्षेत्रमा हुने साना आर्थिक गतिविधिहरूको सन्दर्भमा बोल्दै उनले जीविकोपार्जनका लागि स्थानीयले सानो परिमाणमा सामान ल्याउने कार्यलाई सिधै तस्करीको रूपमा हेर्न नहुने धारणा राखे। तर, त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याई भन्सारमार्फत राजस्व तिर्ने प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सीमाक्षेत्रमा सशस्त्र प्रहरीको योगदानको प्रशंसा गर्दै कठिन परिस्थितिमा समेत उच्च मनोबलका साथ सेवा प्रदान गरिरहेको बताए। उनले सीमाको अनुगमनका क्रममा सुरक्षाकर्मीहरूले न्यूनतम सुविधा र चुनौतीपूर्ण वातावरणमा काम गरिरहेको देखेको उल्लेख गर्दै उनीहरूको आवास, स्वास्थ्य र दैनिक आवश्यकतामा राज्यले थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
नवनिर्मित भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो। गौर नगरपालिका–१ का अध्यक्ष लालबाबु चौधरी, नगरपालिकाका बोर्ड सदस्य तथा सुदर्शन आँखा अस्पताल गौरका प्रमुख डा. हरिश्चन्द्र झालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
त्यसैगरी, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीले डिआइजी कृष्ण ढकाललाई मायाको चिनो प्रदान गरेका थिए। गुल्मपति प्रेमसागर विष्टका अनुसार कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ महत्वपूर्ण बनाएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी मधेश प्रदेश महिला संघकी अध्यक्ष संगिता सुवेदी, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी, नेपाली सेनाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहकै अवसरमा प्रमुख अतिथिसहितका पदाधिकारीहरूले गुल्म परिसरमा वृक्षारोपणसमेत गरेका थिए, जसले वातावरण संरक्षणप्रति प्रतिबद्धता झल्काएको छ।
यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका अनुसार डिआइजी ढकालले सोही दिन इशनाथ नगरपालिका–औरैया र राजदेवी नगरपालिका–बेलविछवामा निर्माण सम्पन्न भएका अन्य नवनिर्मित भवनहरूको समेत उद्घाटन गरेका छन्। यी पूर्वाधार विस्तारसँगै रौतहटको सीमाक्षेत्रमा सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने विश्वास गरिएको छ।

यो पनि पढ्नुहोस्

गौरमा जसपा नेपालको चुनावी सम्पर्क कार्यालय उद्घाटन

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

गौरमा करदाता सेवा कार्यालय सार्न खोज्दा विवाद, व्यापारीको अवरोधपछि सामान फिर्ता अनलोड

डा.सी. के राउतले गरे संसदीय राजनीतिबाट विश्राम लिने घोषणा

कक्षा ८ परीक्षा अनुगमन: प्रमुख प्रशासकीय अधिकृत हुसैनको सक्रियताले बढ्यो विश्वसनीयता

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?