By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-2 > गौर–६ सबगढामा शान्ति सद्भाव र्‍याली, कर्फ्यु हटेसँगै सामान्य बन्दै अवस्था

गौर–६ सबगढामा शान्ति सद्भाव र्‍याली, कर्फ्यु हटेसँगै सामान्य बन्दै अवस्था

संवाददाता
संवाददाता
११ फाल्गुन २०८२, सोमबार ०९:२७
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:0.0000,0.0000; brp_del_sen:0.0000,0.0000; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;

दिलिप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिका ६ सबगढामा नागरिक समाजको अगुवाइमा सोमबार बिहान शान्ति सद्भाव र्‍याली निकालिएको छ। केही दिनदेखि दुई समुदायबीचको विवादका कारण तनावग्रस्त बनेको क्षेत्रमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो।

सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले प्रभावित बस्तीहरू परिक्रमा गर्दै आपसी भाइचारा, सहिष्णुता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने सन्देश प्रवाह गरेको थियो। र्‍यालीमा विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, समाजसेवी, धार्मिक अगुवा, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। प्रशासनका प्रतिनिधिहरू पनि र्‍यालीमा सहभागी भएका थिए।

सहभागीहरूले हिंसा र उत्तेजनाबाट कुनै पनि समस्या समाधान नहुने भन्दै संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका छन्। पछिल्ला घटनाले स्थानीय स्तरमा त्रास र अन्योल सिर्जना गरेको उल्लेख गर्दै अब यस्ता घटना दोहोरिन नदिन सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिइयो।

यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहट ले आज बिहान ६ बजेदेखि लागू रहेको कर्फ्यु आदेश हटाएको जनाएको छ। प्रशासनले सुरक्षा अवस्थाको समीक्षा गर्दै अवस्था क्रमशः सामान्य बन्दै गएको निष्कर्षसहित कर्फ्यु हटाउने निर्णय गरेको हो। यद्यपि, शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीको उपस्थिति भने यथावत राखिएको बताइएको छ।

गत केही दिनदेखि गौर क्षेत्रमा दुई समुदायबीचको विवाद चर्किँदा झडप र ढुंगामुढा भएको थियो। स्थिति नियन्त्रणबाहिर जान सक्ने देखिएपछि प्रशासनले कर्फ्यु जारी गरेको थियो। कर्फ्युका कारण बजार, शैक्षिक संस्था तथा सार्वजनिक सेवा प्रभावित बनेका थिए।

स्थानीय बासिन्दाले अब अवस्था सामान्यतर्फ फर्किन थालेको प्रतिक्रिया दिएका छन्। उनीहरूले स्थायी समाधानका लागि समुदायस्तरमै संवाद र समन्वय आवश्यक रहेको बताएका छन्।

र्‍यालीमार्फत सबै पक्षले सामाजिक सद्भाव कायम राख्दै विकास र शान्तिको मार्ग रोज्नुपर्ने सन्देश दिएका छन्। प्रशासनले पनि अफवाहमा नलाग्न र सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस्

श्रोत नखुलेको रकमसहित रौतहटबाट एक जना पक्राउ

नक्कली CIB असई बनेर ठगी गर्ने महिला पक्राउ

नक्कली सुन कारोबारमा संलग्न ४ जना पक्राउ

ह्वाट्सएपको ग्रुप बनाएर एसईईको प्रश्नपत्र आउट, तीन जना पक्राउ

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?