By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > प्रदेश > कालीकोटमा जीप दुर्घटना: तीन जनाको मृत्यु

कालीकोटमा जीप दुर्घटना: तीन जनाको मृत्यु

संवाददाता
संवाददाता
४ माघ २०८२, शनिबार १३:०१

मान्म (कालीकोट)। कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी करिब ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

सेरी–पान्तडी सडकखण्ड अन्तर्गत सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप अचानक ब्याक भएर सडकबाट खस्दा दुर्घटना भएको हो। दुर्घटनामा दुई जना स्काभेटर अपरेटर र एक जना सहचालकको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए।

मृत्यु हुनेमा दैलेखको आठबिस नगरपालिका घर भएका २८ वर्षीय शंकर कठायत, अछामका टेकेन्द्र शाही र कालीकोट शुभकालिका–२ का सहचालक नवराज शाही रहेका छन्। उनीहरू तीनै जना सेरी–पान्तडी सडक निर्माण कार्यमा संलग्न थिए।

प्रहरीका अनुसार जीप सडकबाट करिब ५०० मिटर तल तिला नदीको किनारमा खसेर टुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ। भीरबाट तीनै जनाको शव निकालेर सडकमा ल्याइसकिएको छ भने परीक्षणका लागि आफन्तको उपस्थितिमा सदरमुकाम मान्म लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जीप चालक प्रहरीको सम्पर्कमा आएको भए पनि विस्तृत सोधपुछ हुन बाँकी रहेको छ। घटनाको जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख खत्रीसहित जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो।

यो पनि पढ्नुहोस्

नेपाल एसबीआई बैंक लुटपाट प्रकरणमा सात जना पक्राउ

व्यापारी–सशस्त्र प्रहरीबीच झडप

रौतहटमा पशुपन्छी खोप अभियान तीव्र

डा.सी. के राउतले गरे संसदीय राजनीतिबाट विश्राम लिने घोषणा

दुई छोराछोरीसहित महिला बेपत्ता भएको आशंका

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?