By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-1 > रौतहटमा म्यादी प्रहरी भर्नाका लागि युवाको भिड

रौतहटमा म्यादी प्रहरी भर्नाका लागि युवाको भिड

संवाददाता
संवाददाता
२८ पुष २०८२, सोमबार १५:५६

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि सुरक्षार्थ खटाइने निर्वाचन प्रहरी (म्यादी प्रहरी) मा भर्ना हुन फारम भर्ने युवाहरूको भीड लाग्न थालेको छ।

रौतहट जिल्लामा ३ हजार ९ सय ५१ जना म्यादी प्रहरी आवश्यक पर्ने भन्दै सार्वजनिक गरिएको सूचनापछि विभिन्न प्रहरी कार्यालयमा फारम भर्ने युवाको उल्लेख्य उपस्थिति देखिएको हो। यसले जिल्लामा बेरोजगारीको अवस्था कति गम्भीर छ भन्ने कुरा प्रस्ट पारेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कुल आवश्यक संख्या मध्ये नेपाल प्रहरीतर्फ ३ हजार ४ सय ६६ जना र सशस्त्र प्रहरी बल, नेपालतर्फ ३ सय ८५ जना म्यादी प्रहरी भर्ना गरिने सूचना अधिकारी तथा डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए।

भीडभाड नहोस् र सबैलाई सहज होस् भन्ने उद्देश्यले जिल्लाका चार स्थानबाट आवेदन दिने व्यवस्था मिलाइएको छ। जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट आवेदन फारम भर्न सकिने डीएसपी बस्यालले बताए।

दरखास्त फाराम माघ १ गतेसम्म सार्वजनिक बिदाका दिनसमेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सम्बन्धित प्रहरी कार्यालयमा बुझाउन सकिनेछ।

म्यादी प्रहरीका लागि आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। नेपाली नागरिकता भएको, सामान्य लेखपढ गर्न सक्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने योग्यता तोकिएको छ। साथै आतंककारी वा विध्वंसात्मक संगठनसँग आबद्ध नभएको हुनुपर्नेछ।

शारीरिक मापदण्ड अनुसार पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट, छाती ३१–३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ। महिलाको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च, तौल ४२ केजी तथा गर्भवती नभएको हुनुपर्ने व्यवस्था छ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालबाट निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी, पूर्व वनरक्षक, यसअघि सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीको रूपमा सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई छनोटमा विशेष प्राथमिकता दिइने जनाइएको छ।

माघ ४ गते सम्पर्क मिति तोकिएको छ भने माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिनेछ। छनोट भएका उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते प्रकाशित हुने नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार म्यादी प्रहरीको सेवा अवधि नियुक्ति भएको दिनदेखि जम्मा ४० दिनको रहनेछ। सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको प्रारम्भिक तलब स्केल बराबर पारिश्रमिक प्रदान गरिनेछ। साथै खाना, तयारी तथा खाजा खर्च समेत उपलब्ध गराइनेछ।

यो पनि पढ्नुहोस्

नक्कली नोटसहित रौतहटमा दुई युवक पक्राउ

गौरस्थित प्रादेशिक अस्पतालमा कर्मचारी आवास भवनको शिलान्यास

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

एक दशकदेखि अलपत्र गंगापिपरा–खैरवा पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय

मोनास्टिक इन्टरनेशनल एकेडेमी गौरको ग्रान्ड कल्चरल प्रोग्राम सम्पन्न

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?