रौतहट — नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर–१, प्रदेश (क) का सभापति अबधकिशोर साहको हृदयघातका कारण गए राति निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको आकस्मिक निधन भएको हो।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका साह पार्टीका तर्फबाट उपमेयर पदका उम्मेदवारसमेत बनेका थिए। सरल र सहज स्वभावका रूपमा परिचित साहको निधनले रौतहटमा नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको बताइएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य देबप्रसाद तिमल्सिनाले साहको असामयिक निधनले आफूहरू अत्यन्त मर्माहत बनेको जनाउँदै पार्टीले एक सक्रिय र इमानदार योद्धा गुमाएको प्रतिक्रिया दिएका छन्।
साह गौर नगरपालिका वडा नं. १ का वडाअध्यक्षसमेत रहिसकेका थिए। उनका परिवारमा तीन छोरी र एक छोरा रहेका छन्।
