काठमाडौं – समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने समय सकिएको भन्दै निर्वाचन आयोगले उज्यालो नेपाल पार्टीको सूची लिन अस्वीकार गरेपछि पार्टी प्रमुख कुलमान घिसिङले आफ्ना नेताहरूलाई राष्ट्रिय परिवर्तन पार्टीको सूचीमा समावेश गराएर उम्मेदवारी दर्ता गराएका छन्।
उज्यालो नेपाल पार्टी रास्वपासँग एकीकृत भएको कारण तोकिएको मितिमा आफ्नै सूची बुझाएको थिएन। पछि पार्टी एकता भाँडिएपछि आयोगले अलग सूची स्वीकार नगरेकोले, कुलमानले यस ‘चोर बाटो’ मार्फत आफ्नो नेताहरूको दर्ता सुनिश्चित गरेका हुन्।

राष्ट्रिय परिवर्तन पार्टीले निर्धारित मितिमा सूची बुझाएकोले उज्यालोका २० भन्दा बढी नेताहरूलाई त्यही मौकामा घुसाइएको जनाइएको छ।
