By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > प्रदेश > मुख्यमन्त्री यादवले सार्वजनिक गरे १०० दिनमा गरेका ५१ काम

मुख्यमन्त्री यादवले सार्वजनिक गरे १०० दिनमा गरेका ५१ काम

संवाददाता
संवाददाता
३ चैत्र २०८२, मंगलवार १५:४६

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराएका छन्।

मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारसम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारको पहलमा सुरु भएको र छलफलको क्रममा रहेको विभिन्न ५१ वटा कामहरुबारे जानकारी गराएका छन्।

उनले मुख्यतः वितेको १०० दिमा प्रदेश सरकारको मातहतमा रहेका मन्त्रालयहरुबाट स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाई, भौतिक पूर्वाधार, खेलकुद, वन क्षेत्र, यातायात र अर्थ सम्बन्धी कुल ५१ वटा मुख्य कामहरु अगाडि बढाइएको छ।

मुख्यमन्त्री यादवका अनुसार यी ५१ वटा कामहरुमध्ये पनि प्रदेश सरकारले गरेको सबैभन्दा उल्लेख्य कामहरुमा, जनकपरधामस्थित प्रादेशिक अस्पतालमा विरामीहरुलाई पुर्जा कटाउनका निम्ति घरबाटै मोबाईलको प्रयोग गरेर काट्न मिल्ने व्यवस्था अगाडि बढाइएको छ।

त्यस्तै, किसानहरुका लागि मलमा घटेको अनुदान प्रदेश सरकारले यसै वर्षदेखि लागुहुने गरी पुनः पूर्ववत व्यवस्था मिलाउन संघीय सरकार समक्ष प्रस्ताव गरेको मुख्यमन्त्री यादवले जानकारी दिए। जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउनका निम्ति प्रदेश सरकारले आवश्यक मापदण्ड बनाएर स्थानीय सरकार र पुरातत्व विभागसँग समन्वय गरी काम अगाडि बढाएको मुख्यमन्त्री यादवले बताए।

त्यस्तै, जनकपुरधाममा राम जानकी रंगशाला निर्माणका निम्ति बाँकी रहेको प्रक्रियाहरु अगाडि बढाइएको मुख्यमन्त्री यादवले जानकारी दिए। मुख्यमन्त्री यादवका अनुसार मधेश प्रदेशमा इ रिक्सा र ट्याकटर चलाएर जिविको पार्जन गर्नेहरुका निम्ति प्रदेश सरकारले मात्र प्रयोगात्मक परीक्षाको माध्यमबाट लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको छ। त्यस्तै एक निर्वाचन क्षेत्र एक ५ किलोमिटर सडक निर्माण योजना अन्तर्गत पहिलो चरणको सबै काम सकेर अर्को चरणको थाल्ने गरी सरकारले आवश्यक सबै तयारी पुरा गरिसकेको मुख्यमन्त्री यादवले जानकारी दिए।

मुख्यमन्त्री यादवले गर्मी महिनामा सुख्खा हुने र पिउने पानीको अभाव हुने समस्यालाई मध्येनजर गर्दै अहिले देखिनै विज्ञहरुसँग छलफल गरेर सामाधानको उपाय खोज्ने कार्य भइरहेको छ।

यो पनि पढ्नुहोस्

रौतहटमा इपेन्सन सेवा सुरु, मधेसमै पहिलो कार्यान्वयन

रौतहट अदालतमा अख्तियारको छापा, डिट्ठा घुससहित पक्राउ

कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी

त्रिशूली नदीमा डेढ वर्षअघि हराएको ‘गणपति डिलक्स’ बस फेला

चिसो तथा शीतलहरबाट प्रभावित विपन्न परिवारलाई राहत सामग्री

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?