बाराको परवानीपुर गाउँपालिका–१ मा १४ माघ बिहान करिब ३ बजे धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या भएको छ। मृतकहरू ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डल हुन्।
घटनामा मृतकका ५२ वर्षीय बुवा जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् र उनीहरू परवानीपुरको एलएस न्युरो अस्पतालमा उपचाररत छन्।

पक्राउमा मृतकका बुहारी २५ वर्षीया मनिता देवी मण्डल र अर्का एक युवक परेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार युवक माघ १२ गते दुबईबाट नेपाल फर्केका थिए। प्रहरीले बुहारी र युवकको मिलेमतोमा पारिवारिक कलहका कारण योजनाबद्ध हत्या भएको आशंका व्यक्त गरेको छ।
एसपी नरेन्द्र कुँवरका अनुसार घटनाको प्रकृति अत्यन्तै शंकास्पद भएकोले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाइरहेको छ।
