By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > खेलकुद > प्रथम वैतेश्वर शिक्षक–कर्मचारी भलिबलको उपाधि आयोजक टिमलाई

प्रथम वैतेश्वर शिक्षक–कर्मचारी भलिबलको उपाधि आयोजक टिमलाई

संवाददाता
संवाददाता
२८ पुष २०८२, सोमबार १६:०८

दोलखा । वैतेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न वडा स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिताको उपाधि आयोजक वैतेश्वर गाउँपालिका कर्मचारी टिमले जितेको छ।

शनिबारदेखि वैतेश्वर माध्यमिक विद्यालयको खेलमैदान नाम्दुमा सञ्चालन भएको प्रतियोगितामा सहभागी १० टिमलाई पछि पार्दै कर्मचारी टिम च्याम्पियन बनेको हो। विजेता टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेको छ।

प्रतियोगितामा वडा नम्बर–२ को शिक्षक टिम उपविजेता बन्दै नगद २० हजार रुपैयाँ हात पारेको छ भने वडा नम्बर–३ को शिक्षक भलिबल टिम तेस्रो हुँदै नगद १० हजारमा चित्त बुझाएको छ। वडा नम्बर–१ को शिक्षक टिमले सान्त्वना स्थान हासिल गर्दै नगद ५ हजार रुपैयाँ जितेको छ।

प्रतियोगितामा वैतेश्वर गाउँपालिकाका ८ वटै वडाका माध्यमिक सामुदायिक विद्यालयका शिक्षक टिम तथा गाउँपालिकाका दुई कर्मचारी टिम सहभागी थिए।

विजेता तथा उपविजेता टिमहरूलाई गाउँपालिकाका वडा अध्यक्षहरू अशोक तामाङ, श्यामकुमार घिसिङ, कमल अधिकारी तथा जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष आशिष घिसिङलगायतले पुरस्कार वितरण गरेका थिए।

शिक्षक र कर्मचारीबीच आपसी परिचय र सहकार्यलाई बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। विद्यालय नै खेलाडी उत्पादनको आधार भएकाले शिक्षकलाई खेलकुद गतिविधिमा सक्रिय बनाइ विद्यार्थीस्तरमा खेलकुद प्रवर्द्धन गर्ने लक्ष्य पनि कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपालिका प्रवक्ता श्यामकुमार घिसिङले बताए।

यो पनि पढ्नुहोस्

सन्दीप आबद्ध राजशीको खेल आज, रंगपुरसँग प्रतिस्पर्धा

सुपर कपको उपाधि बार्सिलोनालाई, फाइनलमा राफिन्हाको दुई गोल

टाईम्सको तेस्रो जित

एल क्लासिको फाइनल: बार्सिलोना र रियल मड्रिड आज आमनेसामने

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?