By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > अन्तर्राष्ट्रिय > इरानमाथि आक्रमणका विकल्पबारे छलफलमा ट्रम्प, निर्णय लिन बाँकी

इरानमाथि आक्रमणका विकल्पबारे छलफलमा ट्रम्प, निर्णय लिन बाँकी

संवाददाता
संवाददाता
२८ पुष २०८२, सोमबार १६:२६

तेहरान– इरानमा पछिल्लो दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन जारी छ। यसैबीच अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे ब्रिफिङ दिएका छन् । न्युयोर्क टाइम्सको रिपोर्टअनुसार यदि इरान सरकारले प्रदर्शनकारीहरूमाथि दमन बढाए ट्रम्पले सैन्य कदमबारे विचार गरिरहेका छन्।

अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले अहिलेसम्म अन्तिम निर्णय भने लिएका छैनन्। शनिबार ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, ‘इरान स्वतन्त्रतापर्फ हेर्दैछ, जुन पहिले कहिल्यै भएको थिएन। अमेरिका सहयोग गर्न तयार छ।’ उता, इरानी संसदका सभामुख मोहम्मद बागेर कालिबाफले आइतबार यदि अमेरिका वा इजराइलले इरानमाथि आक्रमण गरे त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् ।

टाइम म्यागजिनले तेहरानका एक चिकित्सकलाई उद्धृत गर्दै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ। समाचार एजेन्सी एपीका अनुसार अहिलेसम्म २,६०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन्।

इजरायल हाई अलर्ट

इरानमाथि अमेरिकी आक्रमण हुनसक्ने आशंकाका कारण इजरायल हाई अलर्टमा छ। रोयटर्सले इजरायली स्रोतहरूलाई उद्धृत गर्दै हालातलाई ध्यानमा राखेर इजरायली सुरक्षा निकायहरूले सतर्कता बढाएको जनाएको छ।

इजरायल र इरानबीच जुन महिनामा १२ दिनसम्म युद्ध भएको थियो, जसमा अमेरिकाले इजरायलसँग मिलेर हवाई आक्रमण गरेको थियो। शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फोनवार्ता भएको थियो। रिपोर्टअनुसार उक्त वार्तामा इरानमा अमेरिकी हस्तक्षेपको सम्भावनाबारे छलफल भएको थियो। अमेरिकी अधिकारीले फोनवार्ताको पुष्टि गरे पनि छलफलका विषय सार्वजनिक गरेका छैनन्।

अमेरिका र इजरायललाई धम्की

इरानले अमेरिकाको सम्भावित सैन्य कारबाहीप्रति कडा चेतावनी दिएको छ। इरानी संसदका सभामुख मोहम्मद बागेर कालिबाफले भनेका छन्, ‘प्रदर्शनकारीको विषयलाई लिएर अमेरिकाले इरानमाथि आक्रमण गरे अमेरिकी सेना र इजरायल दुवै इरानको निशानामा पर्नेछन्।’ इरानी नेतृत्वले सम्भावित जवाफी कारबाहीमा इजरायललाई पनि प्रत्यक्ष रूपमा निशाना बनाउने कुरा स्पष्ट रूपमा उठाएको यो पहिलोपटक हो ।

प्रदर्शनकारीलाई फाँसीको धम्की

इरानमा दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन जारी रहँदा सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईले प्रदर्शनकारीप्रति कडा रुख अपनाएका छन्। इरानका अटर्नी जनरल मोहम्मद मोवाहेदी आजादले चेतावनी दिँदै प्रदर्शनमा सहभागी हुनेहरूलाई ‘खुदाको दुश्मन’ मानेर मृत्युदण्डसमेत दिन सकिने बताएका छन्।

बेलायतमा दूतावासको झण्डा हटाइयो

बेलायतको राजधानी लन्डनमा इरानी दूतावास बाहिर पनि प्रदर्शन भएका छन्। यस क्रममा एक प्रदर्शनकारीले इरानी दूतावासमा फहराइरहेको इस्लामिक गणतन्त्रको झण्डा हटाएर सन् १९७९ को इस्लामिक क्रान्तिभन्दा अघि प्रयोग हुने झण्डा फहराएका थिए। सामाजिक सञ्जालमा भाइरल भिडियोमा सिंह र सूर्यको चिन्ह भएको त्रिरङ्गे झण्डा दूतावासमा लगाइएको देखिन्छ। प्रत्यक्षदर्शीका अनुसार उक्त झण्डा केही मिनेटसम्म दूतावासमा फहराइरहेको थियो, पछि हटाइयो।

यो झण्डा इरानमा शाह शासनकालमा प्रयोग गरिन्थ्यो। प्रदर्शनका क्रममा ‘डेमोक्रेसी फर इरान’ र ‘फ्री इरान’ जस्ता नारा लगाइएका थिए। लन्डन प्रहरीले झण्डा हटाउने घटनापछि सुरक्षा कडा बनाइएको जनाएको छ। प्रहरीले यस घटनासँग सम्बन्धित तीन जनालाई पक्राउ गरिएको र एक अन्य संदिग्धको खोजी भइरहेको जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्

अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प

अमेरिकी कारबाहीमा इरानी नौसेनालाई ठूलो क्षति, ४२ जहाज नष्ट भएको ट्रम्पको दाबी

चीनलाई पछि पार्दै भारत बन्यो सबैभन्दा धेरै धान उत्पादन गर्ने देश

चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

युद्धबीच यूएईमा अफवाह फैल्याएको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जना पक्राउ

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?